काठमाडौं, असार २४। संघीय संसद्अन्तर्गत आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची छ ।
त्यसअघि अहिले विहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।