Logo

‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग



काठमाडौं, जेठ ३२ । भारतले आफ्नो संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेकोबारेमा कूटनीतिक नोट पठाउन नेकपा (एमाले)ले माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत उनले माग गरे ।

हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्