Logo

वैकुण्ठ अर्याल २६औं मुख्यसचिव बन्दा हालसम्म को-को भए मुख्यसचिव (सूचीसहित)



काठमाडौं,३२ जेठ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले नेपाल सरकारको २६औं मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्दै निवर्तमान मुख्यसचिव शंकरदाश वैरागीलाई राजीनामा दिन लगाएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहाकारमा नियुक्त गरेको छ ।

वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको हो । जस अनुरुप वैरागीले भर्खरै सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिइसकेका छन् ।

२०७७ असोज १५ गते नेपालको २५औं मुख्यसचिवमा नियुक्त भएका वैरागी परराष्ट्र सेवाबाट नेपालको मुख्यसचिव हुने पहिलो व्यक्तिसमेत थिए । २०७७ असोज १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालिन मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत पदमा पठाएर उनको स्थानमा वैरागीलाई भित्रर्याको थियो ।

असोज १४ गतेसम्म पदावधी रहेपनि वैरागीलाई राजीनामा दिन लगाएर क्यानडाको राजदूत वा मन्त्रिस्तरीय सूविधा दिनेगरी सुरक्षा परिषद्को सल्लाहकार बनाउने सरकारको तयारी थियो । अन्ततः वैरागी मन्त्रिस्तारीय सूविधासहित सुरक्षा परिषद्मा सल्लाहकार नियुक्त भए ।

बिहीबार मुख्यसचिव नियुक्त भएका अर्याल नेपाल सरकारका २६औं मुख्यसचिव हुन । उनीभन्दा अघि नेपालका २५ जना व्यक्तिहरुले नेपालको कर्मचारी प्रशासन हाँकिसकेका छन् ।

नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसकेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारीक पेजमा उल्लेख भएअनुरुप नेपालको पहिलो मुख्यसचिव चन्द्रबहादुर थापा हुन् । २०१२ साल असोज २८ गते नेपालको पहिलो मुख्यसचिव नियुक्त भएका थापा २०१६ असार १४ गतेसम्म मुख्यसचिव रहेका थिए । पहिलो मुख्यसचिव हुने सौभाग्य पाएका उनै थापा नेपालको पहिलो महालेखापरीक्षकसमेत बन्न सफल भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारीक पेजमा उल्लेख भएअनुसार यी हुन नेपालका हालसम्मका मुख्यसचिवहरु

१.चन्द्रबहादुर थापा २०१२-६-२८ = २०१६-३-१४
२.कुलशेखर शर्मा २०२२-१२-२९ = २०२५-९-२४
३.कृष्णबम मल्ल २०२५- ९-२५ = २०२८-९-२५
४.क्षेत्रविक्रम राणा २०२८-९-२६ = २०३०-४-२६
५.प्रधुम्नलाल राजभण्डारी २०३०-४-२७ = २०३४-४-२६
६.कृष्णबहादुर मानन्धर २०३४-४-२७ = २०३८-४-२६
७.भोगेन्द्रनाथ रिमाल २०३८-४-२७ = २०४२-४-२६
८.कर्णध्वज अधिकारी २०४२-४-२७ = २०४६- ४-२६
९.लोकबहादु श्रेष्ठ २०४६-४-२७ = २०४७-१०-१८
१०.दामोदरप्रसाद गौतम २०४७-१०-२० = २०४९- ७-२०
११. मधुसुधनप्रसाद गोर्खाली २०४९- ७- २१ = २०५१-७-२३
१२.डा इश्वरप्रसाद उपाध्याय २०५१-७-२४ = २०५३- ८-२६
१३.बलरामसिंह मल्ल २०५३-८-२७ = २०५६-४-२९
१४.तिर्थमान शाक्य २०५६-४-३० = २०५८-१२-१
१५.केशवराज राजभण्डारी २०५८-१२-२१ = २०५९-६-३
१६.विमल कोइराला २०५९-६-५ = २०६२-५-१५
१७.लोकमानसिंह कार्की २०६२-६-३ = २०६३-१-२८
१८.मुकुन्द शर्मा पौडेल २०६३-२-२१ = २०६३-४ -१८
१९.डा.भोजराज घिमिरे २०६३-४-१९ = २०६६-४-२१
२०.माधवप्रसाद घिमिरे २०६६-४-२२ = २०६९-४-२१
२१.लिलामणि पौडेल २०६९-४-२२ = २०७२ ४-२१
२२.डा.सोमलाल सुवेदी २०७२-४-२१ = २०७४-३-२८
२३.राजेन्द्रकिशोर क्षेत्री २०७४-३-२९ = २०७४-७-६
२४.लोकदर्शन रेग्मी २०७४-७-८ = २०७७-६-१४
२५.शंकरदाश वैरागी २०७७-६-१५ = २०८०-२-३२
२६.डा.वैकुण्ठ अर्याल २०८०-२-३२ —-



प्रतिक्रिया दिनुहोस्