काठमाडौं, जेठ ३२ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी बिकको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी घरायझी झगडामा जेठ २९ गते श्रीमान् शम्भु बिकले कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।
ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।