Logo

के तपाईंलाई थाहा छ ड्रयागन फ्रुटका फाइदा, कपाल पनि बलियो बनाउँछ



सविता सिंह ठकुरी :

काठमाडौं । ड्रयागन फ्रुट एउटा बिदेशी फल हो । यसको प्रयोग खासै नगरिएतापनि आज÷भोलि यसको खेती व्यापक रूपमा गरिदै आएको पाइन्छ । यो फल हेर्दा राम्रो देखिएसँगै यसको स्वाद पनि मिठो हुने गर्दछ । यस फलको खेती गरेर हामीले लाखौँ आम्दानी गर्न सक्छौँ । यसको फल दुईवटा पहेँलो र गुलाबी रङगका हुन्छन् । यो फल हेर्दा अचम्मको देखिन्छ भने खाँदा उस्तै स्वादिलो हुन्छ । यो फल आकर्षित भएता पनि स्वास्थ्यको लागि त्यतिनै लाभदायक हुन्छ । यसमा क्याल्सियम, आइरन, फस्फोरस, भिटामिन ‘बि’, ‘सी’, कार्बोहाइट्रेड, प्रोटिन र प्mयाट पाइन्छ । यसमा विभिन्न खनिज पदार्थ पाइनुकासाथै यसको फाइदाहरुपनि निम्न रहेका छन् ।

१. यो फलमा फाइबरको मात्रा पाइनेहुनाले मधुमेह रोग लाग्न नदिन मद्दत गर्दछ ।
२. यो फल खानाले पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
३. यसमा पाइने भिटामिन ‘बि२’, शरीरमा मल्टिभिटाभिनको काम गर्छ जसले हामीलाई लामो समयसम्म भोक लाग्दैन ।
४. यसमा भिटामिन ‘बि३’ ड्राइ स्कीनलाई मुलायम बनाएर े अनुहारलाई सुन्दर र जवान बनाइराख्न मद्दत गर्दछ ।
४. यो फलको रसको प्रयोगले कपाललाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
५. शरीरको अनावश्यक तौल कम गर्नमा मद्दत गर्दछ ।
६. क्यान्सर रोग लाग्नबाट रोक्न मद्दत गर्दछ ।
७. श्वास फेर्न गाहे हुने रुघाखोकीको लागि लाभदायक हुने ।
८. यो फलमा आइरन पाइने हुनाले शरीरमा रगतको मात्रा बढाउने काम गर्दछ ।
९. यसमा क्यल्सियम र फस्फोरस पाइने हुनाले दाँत र हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ ।
१०. यसमा भिटामिन ‘सी’ पाइने हुनाले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।
११. यसमा आइरन पाइनेहुनाले गर्भावस्थाको समयमा महिलालाई एनेमियाको कारणले छिटो बच्चा जन्मिनु, गर्भपतन हुनु, जन्मिएपछि शिशुको मृत्यु हुने जस्तो समस्या कम गर्दछ ।
१२. यसमा पाइने भिटामिन ‘बि ३’ र क्यारोनोइस पाइने हुुनाले आँखाको रोशनी बढाउन र स्वस्थ राख्न मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot