काठमाडौं,३२ जेठ । जनमत पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकता विधेयक प्रमाणीकरण प्रकरणमा भइरहेको ढिलाइप्रति संसद्मा आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै पुर्वखानेपानी तथा सरसफाइमन्त्री समेत रहेका खानाले गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई प्रश्न गर्दै नागरिकता माग्नु अपराध भए गोली हान्न आग्रह गरेका छन् ।
उनले भने, ‘संसदबाट विधेयक पास हुन्छ तर लागू हुँदैन, कहिले राष्ट्रपतिले रोक्छ, कहिले न्यायालयले रोक्छ। नागरिकताविहीनले नागरिकता पाउनेचाहिँ कहिले हो ? गृहमन्त्रीज्यू, नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्।’ file photo