Logo

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालविरुद्ध निरिह ओमान,७ रनमै गुमायो ४ विकेट



काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको ओमानले कमजोर प्रदर्शन गर्दै ७ रनमै ४ विकेट गुमाएको छ । ओमानको ब्याटिङ धरापमा पार्नेक्रममा नेपालको सोमपाल कामी एक्लैले तीन विकेट लिएका छन् भने करण केसीले एक विकेट लिए ।

ताजा अवस्थामा ७ ओभको खेल सकिँदा ४ विकेटको क्षतिमा ८ रन बनाएर खेलिरहेको छ ।

नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot