Logo

श्रीमानको कुटपिटबाट दलित महिला वडा सदस्यको मृत्यु



काठमाडौं,३२ जेठ । श्रीमानको कुटपिटबाट काभ्रेको नमोबुद्ध नगरपालिका ११ की एक वडा सदस्यको मृत्यु भएको छ ।

श्रीमान शम्भु बिकको कुटपिटबाट श्रीमती ज्ञानी बिकको मृत्यु भएको हो । ज्ञानी नमोबुद्ध नगरपालिकाकी दलित महिला सदस्यसमेत हुन् ।

घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot