Logo

जानकी मन्दिरको दर्शन गर्दै योगेशले सम्हाले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी



काठमाडौं,३२ जेठ । नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका छन् ।

बिहीबार जनकपुरको जानकी मन्दिरमा पूजाआर्चना गर्दै भट्टराईले प्रदेशको जिम्मेवारी लिएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) मधेश प्रदेशको जिम्मेवारी ग्रहण, जानकी मन्दिर दर्शन।’

गत जेठ १९ मा बसेको नेकपा एमालेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको थियो ।

एमाले सचिवालयको निर्णय अनुसार योगेशले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गरेका थिए भने कोशी प्रदेशमा सचिव रघुवीर महासेठ,गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल,कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज भएका थिए। file photo



प्रतिक्रिया दिनुहोस्