Logo

महिला स्वास्थ्य स्वंयसेविकालाई  बिदाइ



मान्म, ३२ जेठ । कालिकोट जिल्लास्थित  स्वास्थ्य सेवा कार्यालयले आज एक कार्यक्रम गर्दै उमेरका कारण सेवा निवृत पाँच स्वंयसेविकालाई बिदाइ गरेको छ ।

उनीहरूलाई स-सम्मान बिदाइ गर्नाका साथै जनही रु २० हजार उपलब्ध गराइएको थियो ।

सोही अवसरमा असामयिक निधन भएका लामोसमयसम्म सेवारत दुई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको परिवारका सदस्यलाई पनि सम्मान गरिएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्