Logo

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानले दियो नेपाललाई २६८ रनको लक्ष्य



काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा  ओमानबाट जितका लागि २६८ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा अल आउट हुँदै २६७ रन बनाएको हो ।

सुरुवातमा निक्कै कमजोर प्रदर्शन गरेको ओमानले ७ रनमै ४ विकेट गुमाएको थियो । ओमानको सुरुवाती ब्याटिङ धरापमा पार्नेक्रममा नेपालका सोमपाल कामीले सुरुवातका तीन विकेट लिएका थिए भने समग्रमा आज उनले ओमनविरुद्ध ५ विकेट लिए । ९.२ ओभर बलिङ गरेका कामीले २ मेडनसहित ५७ रन खर्चिएर ५ विकेट लिए ।

नेपालसामु कुनै समय अत्यनतै निरिह देखिएको ओमानको ब्याटिङलाई जिसन मक्सुदले सम्हालेपछि ओमानले सम्मानजनक योगफल तयार गरेको हो । मक्सुदले ओमानको लागि १०९ रन बनाएका थिए उनलाई सोमपाल कामीले आउट गरेका हुन् । त्यस्तै आर्यान खानले ५४ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार,सन्दीप लामिछानेले तीन तथा करण केसी र प्रतिश जीसीले समान एक एक विकेट लिए ।

नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot