Logo

सरकारकै संरक्षणमा रहेका दलालहरुबाट महिला बेचिएका छन्ः चित्रबहादुर केसी



काठमाडौं, ३२ जेठ । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले सरकारको संरक्षणमा रहेका दलालहरुले नै महिलाहरुलाई बेचिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अरबको खाडीमा नरकीय जीवन विताइरहेका नारीहरुलाई यही सरकारको संरक्षणमा रहेका दलालहरुले बेचेको उनको आरोप छ । महिला मन्त्रालयको बजेटको संरचना नै महिलाको हितमा नरहेको उनले बताए । यस आधारमा छुट्याइएको बजेटका बारेमा छलफल गर्नुको औचित्य नरहेको उनले बताए ।

‘जहाँ पनि महिला दोस्रो श्रेणीकै नागरिक छन् । संसद्मा भन्नुस्, क्याविनेटमा भन्नुस्, प्रदेश, स्थानीय निकायमा महिलाहरुको कहाँ त्यस्तो उचित सम्मान छ ? भन्नुस् त । दोस्रो श्रेणीका नागरिक छन् । महत्वपूर्ण पदमा पुरुष नै छन् ।’ उनले भने, ‘कहाँ महिलाको पालो आउँछ र ? अझ लाजमर्दो कुरा के छ भने म त अरबको खाडीमा पनि गएर हेरेको छु, महिलाहरु भेटेको छु । नी नरकीय जीवन विताएका दिदी बहिनीहरुलाई यही सरकारले संरक्षण गरेका दलालले बेचिरहेका छन् ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot