
काठमाडौं, ३२ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले नै वन फडानी गरेर सकाउन लागेको टिप्पणी गरेका छन् । आज (बिहीबार) संसद्मा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयलगत छलफलमाथि भाग लिँदै सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले भने,‘मेरै जिल्ला सर्लाहीमा सबैभन्दा बढि वन फडानी भएको छ । त्यसमा वृक्षारोपण गर्न खोजियो भने उल्टै पुलिस प्रशासन लगाएर त्यो गर्नुहुँदैन भनिन्छ ।’ उनले अहिले बजेटको चर्चा गर्नु नै बेकार भएको जिकिर गरे ।
उनले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको आरोप लगाए । उनले मन्त्रीहरुलाई भन्दापनि छलफलमा मालिक बस्नुपर्ने बताए । उनले गणतन्त्रका राजाहरुलाई जनतामाथि कर थुपार्ने र जनतालाई ढाड सेकाउने काम भएको गुनासो पोखे । उनले मधेश अहिले प्रताडित रहेको आरोप लगाए ।