Logo

नेकपा एसले बोलायो सचिवालय बैठक



काठमाडौं,३२ जेठ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

नेकपा एसले असार १ गते विहान ८ बजेको लागि सचिवालय बैठक बोलाएको हो ।

‘शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको छ । खासगरी समाजवादी मोर्चा गठनबारे जानकारी दिन बैठक बोलाइएको हो’नेकपा एसका एक नेताले भने, ‘त्यसबाहेक अन्य समसामयीक छलफल पनि हुन सक्छ’ ।



प्रतिक्रिया दिनुहोस्