Logo

आजबाट नयाँ बसपार्कबाट मात्रै बाहिर जाने सवारी साधान छुटने



काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारबाट बाहिरिने लामो, मध्यम तथा छोटो दूरीका यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय आजबाट लागू हुन लागेको हो ।

बिहीबार बसेको काठमाडौं महानगरपालिकामा सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोङ्गगबुस्थित् नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको थियो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दरीका सवारी साधनको हकमा कलंकी देखी जडिबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’

महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ । ‘सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot