काठमाडौं, असार १ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज असार १ गतेका लागि तोकेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०२ पैसा र बिक्री दर १६६ रुपैयाँ ७८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।