Logo

संसद्मा सिके राउतको गर्जन : सरकारको लुट्ने क्रम जारी छ, बैशाखमा ब्यालेट र अहिले जेठमा बजेट लुट्ने काम भयो (भिडिओसहित)



काठमाडौं, १ असार । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले बजेट विनियोजन गर्न भेदभाव गरिएको र त्यसमा पनि मधेश त उपेक्षामा परेको गुनासो पोखेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारको देखिएको प्रवृत्तिमा सरकारका मन्त्रीहरुको पात्रता नदेखिएको पनि गुनासो पोखे । उनले बजेट विनियोजन हेर्दा अहिलेको व्यवस्थामाथिनै संकट सुरु भएको हो कि जस्तो देखिएको आरोप लगाए । राउतले अहिलेको बजेट ल्याएको हो कि लुटेको हो भन्ने कुरामा स्पष्ट नदेखिएको बताए ।

उनले भने,‘यसो हेर्दा त यो बजेट ल्याएको होईन, लुटिएको हो जस्तो देखिन्छ ।’ उनले अहिलेको सरकारले लुट्ने क्रम जारी नै राखेको आरोप लगाए । उनले बैशाख १० गतेको उपनिर्वाचनमा ब्यालेट लुटेको र अहिले जेठमा बजेट लुट्ने काम भएको आरोप लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot