सविता सिंह ठकुरी :
हाम्रो शरीरलाई प्रशस्त मात्रामा पौष्टिक तत्वहरु चाहिन्छ । हामीले अनेक खानाबाट ती तत्वहरुलाई हाम्रो शरीरमा प्रदान गरेका हुन्छौ । यसमध्ये चनापनि एक रहेको छ । जसले हाम्रो शरीरलाई भरपुर्ण मात्रामा पौष्टिक तत्वहरु दिने गर्दछ । चनालाई हामीले अलग–अलग परिकार बनाएर खाने गर्दछौ । हामीले चनालाई टुसा उमारेर, फ्राई गरेर, उमालेर, भिजाएर र पकाएर तरकारीको रुपमा प्रयोग गर्ने गर्दछौ ।
चनाले हामीलाई धेरै फाइदा दिइरहेको हुन्छ । चनाबाट मानिसहरुलाई मात्र नभई पशुहरुलाई आहारको रुपमा पनि प्रयोग गरिरहेका हुन्छौ । चनाबाट हामीले स्वास्थ्य मात्र नभई आर्थिक लाभ पनि पाउने गरेका छौ । चनालाई हामी खाजा र डाइटको रुपमा पनि लिने गरेका छौ भने कतिपय रोगहरुलाई नियन्त्रण गर्न चना भिजाएको पानी खाने गरेका छौ । चनाले हाम्रो शरीरमा धेरै फाइदा दिने गर्दछ जसले हाम्रो शरीरलाई स्वस्थ बनाउछ र रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ ।
नियमित चनाको प्रयोग गर्नुको फाइदाहरु:
१. चनामा फाइबर पाइने हुनाले हामीले खाएको खाना डाइजेसन हुनमा मद्दत गर्दछ ।
२. यसमा लो ग्लाइसिमिक इन्डेक्स तत्व कम मात्रामा पाइन्छ जसले छिटो छिटो भोक लाग्ने समस्या कम गर्छ र तौल घटाउन मद्दत गर्छ ।
३. चनालाई पिसेर त्यसको पेस्ट बनाएर लगाउनाले अनुहारमा रहेका फाहोरहरु हट्ने, अनुहारलाई सफा र चम्किलो बनाउन मद्दत गर्दछ ।
४. भिजाएको चनामा कार्बोहाइट्रेड र प्रोटिन प्रशस्त मात्रामा र फ्याट कम मात्रामा पाइन्छ ।
५. चनामा फाइबर, माइक्रो न्युट्रिसियन, कपर, बि १२, फोलिक एसिड र आइरन पाइन्छ ।
६. टुसा उमारिएको चनामा इन्जाइम, प्रोटिन, भिटामिन, मिनरल र फाइबर पाइन्छ ।
७. पकाएको चनामा १२ प्रतिशत प्रोटिन पाइन्छ । जसले शरीरलाई स्वस्थ र फुर्तिलो बनाउछ ।
८. पकाएको चनालाई बिहानको नास्ताको रुपमा खानाले शरीरलाई शक्ति प्रदान गर्दछ ।
९. मोटोपन कम गर्ने क्रममा कम खाना खानाले भोक लाग्ने गर्दछ । भोक लागेको समयमा भुटेको चना खानाले भोक र तौल कम गर्दछ ।
Photo Source: Shellyfoodspot