Logo

राष्ट्रिय अनुसन्धान विभागद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचीसहित)



काठमाडौं, असार २ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै अनुसन्धान (राजपत्राङ्कित तृतीय श्रेणी) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले शनिबार सूचना प्रकाशन गरी ३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक माग गरेको हो। अनुसन्धान अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण भएको हुपर्नेछ। ग्रडिङ पद्धतिबाट शैक्षिक योग्याता हासिल गरेकाले जीपीए २ वा सोभन्दा माथि ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने जनाइएको छ।

अनुसन्धान सहायकका लागि कम्तीमा प्रवीणता पत्र तह वा ग्रडिङ पद्धतिमा शैक्षिक योग्यता प्राप्त गरेको भए जीपीइ २ वा सोभन्दा माथिको ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने उल्लेख छ। सूचना प्रकाशन भएको ३० दिन अर्थात् असार ३१ गतेसम्म दरखास्त दिन सकिने विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्