Logo

ललितपुरको इमाडोलमा बस दुर्घटना, १८ जना घाइते



काठमाडौं, असार २ । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस आज बिहान सवा पाँच बजे इमाडोलको बीच सडकमै पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बसमा २४ जना सवार थिए । २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको छ । घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ ।

बसका सुजन नाम गरेका २४ वर्षीय चालकसमेत घाइते भएर अस्पतालमा भर्ना भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot