Logo

असार ७ गते ७७ पटक घण्टी बजाएर भिडिओ पोष्ट गर्न रवि लामिछानेको अनुरोध



काठमाडौं, २ असार । रास्वपाका सभापति रवि लामिछानेले कमजोर न्यूज रुम लोकतन्त्रको लागि खतराको घण्टी भएको बताएका छन् । उनले न्यूजरुम नबिकोस र नडराओस भनेका छन् । उनले गत वर्ष आजकै दिनबाट आफूले सञ्चारकर्म छोडेर राजनीतकि यात्रा सुरु गर्ने घोषणा गरेको स्मरण गराउँदै यस्तो लेखेका हुन् । उनले फेशबुकमा लेखेका छन्-

गत वर्ष आज कै दिन बाट मैले संचारकर्म छोडेर राजनीतिक यात्रा शुरु गर्ने घोषणा गरेको हुँ। म सायद अब न्युज रुममा नफर्कुला तर यो देशको न्युजरुम कमजोर बनेको यताबाट देख्न नपरोस्। स्व- स्याबासी मा रमाएका ओपेनियन मेकर्स बाट इत्तीपनि नतर्सीकन न्युज रुमलाई जोगाउनु होला। लेख्दालेक्दैको समाचार रोक्नु परेको र नचाहिने समचारको भारी बोक्नु परेको पीडा मनमा बोकेका साथीहरु हो, न्युज रुम जोगाउनु होला। न्युजरुम नबिकोस्,नडाराओस्। कमजोर न्युज रुम लोकतन्त्रका लागि खताराको घण्टी हो। राज्यका तिनै अंगहरुको स्क्रुउ (पेच) हल्लिसकेको छ,चौथो अंगले कसोस्। केही वर्ष सेवा गरेको पेशा प्रती यति चिन्ता गर्ने हक दिनु होला।
अब मुख्य समाचार:
असार ७ गते रास्वपा स्थापना दिवसका दिन साँझ ७ बजे हामीसँगै ७ प्रदेश अनि ७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउनुहोस्। घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा #bajyoghanti ,#abaduitihai राखेर पोस्ट पनि गर्नु हुन हार्दिक अनुरोध गर्दछु।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot