Logo

कार्कीको कार्यकाल न्यायिक इतिहासमै सबैभन्दा छोटो



काठमाडौं, असार ३ । सर्वोेच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति हरिकृष्ण कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार शपथ ग्रहण गरेलगतै प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका कार्कीले प्रधानन्यायाधीशका रूपमा जम्मा १७ दिन मात्र काम गर्न पाउनेछन्।

शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्ममिति २०१५ साउन २० गते उल्लेख रहेका कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रधानन्यायाधीशका रूपमा ५० दिन पदमा रहने भए पनि कार्कीले इजलासमा भने २० दिनमात्र बिताउन पाउनेछन् ।

२० दिनमा पनि ३ दिन शनिबारको बिदा परेका कारण इजलासमा बस्न उनीसँग १७ दिनको मात्र समय रहनेछ । अवकाशमा जाने समयभन्दा कम्तीमा एक महिना पहिलेदेखि न्यायाधीश वा प्रधानन्यायाधीशले मुद्दा नहेर्ने चलन रहेका कारण कार्कीले असार २० गतेपछि इजलासमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछैनन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्