Logo

जवान बन्न चाहनुहन्छ ? मह खानुहोस, अनुहार पनि मुलायम र चम्किलो बनाउँछ



सविता सिंह ठकुरी- मह दुई प्रकारका हुन्छन् । शुद्ध मह र छानिएको मह । प्रायजसो गाउँ घरमा पाइने मह शुद्ध मह हो । गाउँघरको मह तोरी, चिउरी, फुलको रस तथा अन्य बिरुवाबाट तयार पारिन्छ । तराई क्षेत्रमा तयार पारिने मह शुद्ध भएतापनि पहाडतिरको मह स्वादिलो र स्वस्थ रहेको मानिन्छ । मौरीहरुलाई घारमा पालन गरी यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । साथै, मौरीको घारबाट निस्केको मैनलाई औषधी र मैनबत्ति बनाउन प्रयोग गरिन्छ । महको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा दिने गरेको छ । हाम्रो शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्नुको साथै बिरामी भएको बेलामा मह औषधीको रुपमा प्रयोग गरिन्छ । मौरी पालनसँगै यसको हेरचाहमा पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ ।

महलाई व्यबसायिक रुपमा बिक्री गर्नुपर्ने भएकोले कपडाले छान्दा समय लाग्ने भएकोले महलाई फ्याक्ट्रीमा लगि तयार पारिन्छ र बजारमा लगिन्छ । हामीले विभिन्न ठाउँमा मौरी पालन गरी घारबाट निकालिएको महलाई फ्याक्ट्रीमा लगि तयार पारिएको मह छानिएको मह हो । यसमा महलाई एकै ठाउँमा भण्डार गरेर राखिन्छ । जुन मह निकाल्दा त्यसमा परेका मौरी, चाकाका टुक्राहरु वा अन्य केही चिजहरु पर्न सकेको हुन्छन् । त्यसैले महलाई विभिन्न उपकरणमा राखी त्यसमा रहेको अनावश्यक भागहरु हटाई शुद्ध मह तयार पारिन्छ । त्यसपछि महको क्वान्टिटीको आधारमा भाँडामा राखी बिक्री गर्नको लागि तयार पारिन्छ र बजारमा बिक्री गरिन्छ ।

महको प्रयोगले स्वास्थ्य र वातावरणलाई फाइदा गर्दछ । महको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ । जसले हामीलाई स्वस्थ, निरोगी बनाउनुको साथै जवान देखाउनमा मद्दत गर्छ । महमा पाइने न्युट्रिन्स चिनी भन्दा राम्रो हुन्छ । यसमा धेरै मात्रामा फ्रुक्टोस, मल्टोस, सुक्रोस हुन्छ । जुन प्लेन ग्लुकोज चिनीमा धेरै पाइन्छ । यो मल्टोस र फ्रुक्टोसले डाइजेस्टिभ सजिलै हुने हुन्छ । एक चम्चा महमा १७ ग्राम सुगर पाइन्छ जसमा विभिन्न किसिमका कार्बोहाइट्रेड पाइन्छ । यसको साथसाथै महका धेरै फाइदाहरु रहेका छन् ।

१. महमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले हाम्रो शरीरलाई जवान बनाईराख्न मद्दत गर्दछ ।
२. महको दैनिक प्रयोगले हाम्रो मुटुमा देखिने समस्याहरु कम गर्दछ ।
३. महको प्रयोगले ब्लड प्रेसर हाई हुनबाट रोक्ने काम गर्दछ ।
४. महमा चिनीको भन्दा राम्रो गुण पाइने हुनाले सुगरका बिरामीलाई असर नपार्ने हुनाले यसको प्रयोग गरिन्छ ।
५. महको प्रयोगले शरीरमा हुने कोलस्टोरल कम गर्छ ।
६. शरीरमा चोटपटक लागेको ठाउँमा मह लगाउनाले घाउ संक्रमित हुन दिदैन ।
७. रुघाखोकी लागेको बेलामा महलाई औषधीको रुपमा प्रयोग गर्नाले ठिक हुन्छ ।
८. तातोपानिमा एक चम्चा मह र कागती राखेर खानाले तौल घटाउन मद्दत गर्दछ ।
९. महको प्रयोगले अनुहारलाई मुलायम र चम्किलो बनाउनुको साथै अनुहारलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot