Logo

गर्मी मौसममा किन बढी थकान लाग्छ ? गर्मीको थकानबाट बच्ने उपाय



  • सविता सिंह ठकुरी 

अन्य मौसमको तुलनामा गर्मी मौसममा बढी थकान हुन्छ भन्ने तपाईहरुले महशुस गर्नुभएकै होला । गर्मीमा धेरैबेर काम गर्न नसक्दा शरीरमा पानिको कमी हुनुको कारण हुने रहेको पाइन्छ । तर, पानिको अभाव मात्र कारण होइन । बढेको तापक्रमले हाम्रो शरीरमा ऊर्जा घटाउने काम गर्छ । त्यसैले गर्मी मौसममा मानिसहरुलाई धेरै थकान लाग्छ । विज्ञहरुका अनुसार घाममा धेरै समय बिताउँदा शरीरलाई यसको सामना गर्न गाहे हुन्छ र हामी गर्मीको थकान महशुस गर्छौ ।

गर्मीको थकान धेरै कारणले हुनसक्छ । जसमध्ये पहिलो भनेको लामो समयमा घाममा समय बिताउँनु हो । यसले शरीरमा सुत्ने र उठ्नका लागि जिम्मेवार हर्मोन मेलाटोनिनलाई असर गर्छ । जसको कारण अत्यधिक गर्मीमा थकान पनि बढि हुन्छ । यो धेरै समय वा धेरैजसो बाहिर बस्ने मानिसहरुमा बढि हुन्छ । तर, गर्मीमा अत्यधिक थकान लाग्नुका केही अन्य कारणहरु पनि रहेका छन् । यसको अर्को कारण पानिको कमि पनि हो । शरीरमा पानीको कमी हुँदा गर्मीको प्रवाभ बढ्छ । त्यसैलेपनि गर्मी मौसममा धेरै पानि पिउने सल्लाह दिइन्छ । यसबाट तापक्रम बढेपछि पसिना आउने पानीको हानीलाई नियन्त्रण गर्न सकिन्छ ।

गर्मीको थकानबाट बच्न पानीबाहेक विशेष खाना र पेय पदार्थ आवश्यक हुन्छ । यो मौसममा खानपानमा सजग रहनुपर्छ । गर्मीमा कार्बोहाइट्रेडयुक्त खानेकुरा बढि खाँदा शरीरलाई पचाउन धेरै समय लाग्छ । जसले गर्दा पाचन प्रकृया पनि सुस्त हुन्छ । जसको कारण शरीरको तापक्रम सन्तुलित राख्न समस्या हुन्छ । गर्मी मौसममा बढी पानी निकाल्ने अल्कोहल जस्तो चिजको सेवनबाट बच्नुपर्छ । जसको कारण शरीरमा पानीको कमी बढ्छ । सलाद, रसिलो फलफुल र तरकारीहरु आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

symbolic photo by : hips.hearstapps



प्रतिक्रिया दिनुहोस्

Screenshot