काठमाडौं, असार ५ । चालु आर्थिक वर्षको बजेट ल्याउनदेखि कार्यान्वयनको जिम्वेवारीमा तीन जना अर्थमन्त्रीले भूमिका निर्वाह गरे पनि बजेटले राखेको अधिकांश लक्ष्य अधुरै रहेका छन् ।
यो आर्थिक वर्षमा जनार्दन शर्मा, विष्णु पौडेल र प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । यी तिनै जना अर्थमन्त्रीले बजेटलाई आ आफ्नै किसीमले चलाएर नयाँ लक्ष्य निर्धारण गरेका थिए ।
तर, बजेटले राखेको अन्तिम संशोधित लक्ष्य पनि फेला पर्ने देखिएको छैन् । चालु वर्ष सकिन एक महिनामात्र बाँकी हुँदासम्मको बजेट प्रगति हेर्दा कुनै पनि लक्ष्य पुरा नहुने देखिएको हो ।
एक आर्थिक वर्षमा १२ महिनामध्ये आधा जिम्वेवारी शर्मा एक्लैले पाएका थिए भने आधा समय पौडेल र महतको भागमा परेको थियो ।
पूर्व अर्थमन्त्री शर्माले यो वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । यसमध्ये विनीयोजनतर्फ पुँजीगतमा ३ खर्ब ८० अर्ब र चालु खर्च ११ खर्ब ३ अर्ब हुने अनुमान गरिएको थियो । आजको कारोबार दैनिकबाट