Logo

तीन वर्षमा कुल भर्ना दर बढ्यो



काठमाडौं, असार ५ । विगत तीन वर्षमा पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहमा विद्यार्थी भर्ना दर बढेको छ । आर्थिक वर्ष २०७६ देखि २०७९ सम्मको तथ्याङक विश्लेषण गर्दा तुलनात्मक रूपमा आ.व. २०७८/०७९ मा पूर्व प्राथमिक शिक्षामा भर्नादर ३ प्रतिशत बढेको छ । विगत तीन आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा क्रमशः ८६ दशमलव २, ८७ दशमलव ६ र गत आबमा ८९ दशमलव ६ प्रतिशतले भर्नादर वृद्धि भएको हो ।

नेपाल सरकारले जेठको तेस्रो साता सार्वजनिक गरेको प्रतिवेदनमा चार वर्षमा मावि तहअन्तर्गत कक्षा ९ र १० मा भर्नादर २ प्रतिशत घटे पनि अरू सबै तहमा बढेको छ । पूर्व प्राथमिक शिक्षामा अनुभव भई कक्षा १ मा नवप्रवेशी विद्यार्थीको संख्या ४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७६/०७७ मा ६८ दशमलव ६ प्रतिशत थियो । त्यसको तुलनामा २०७९ मा ६ प्रतिशत बढेको हो । आ.व. २०७७/०७८ मा कक्षा १ मा भर्ना हुने विद्यार्थी संख्या ७० दशमलव २ प्रतिशत थियो ।

तथ्याङ्कअनुसार कक्षा १ मा कुल प्रवेश, खुद प्रवेश दर समेत वृद्धि भएको छ । कक्षा १ देखि ५ सम्ममा २०७६ सालमा कुल भर्नादर १ सय १९ प्रतिशतबाट बढेर १ सय २२ प्रतिशत पुगेको छ भने खुद भर्नादर ९६ प्रतिशत छ । कक्षा १ देखि ८ मा कुल भर्नादर १ सय १८ र खुद भर्नादर ९५ प्रतिशत रहेको छ । सो संख्या ०७६/०७७ को तुलनामा २ प्रतिशतले बढी हो । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्