काठमाडौं, असार ५ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मार्गबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन् ।
मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई मार्गको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने जनाए ।
नेपाल र भारत सरकारबीच नयाँ हवाई मार्ग र भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको प्रविधिमा आधारित विमान अवतरण प्रणाली (इन्ट्रिुमेन्टल ल्यान्डिङ सिस्टम–आईएलएस) सञ्चालनबारे समेत छलफल भइरहेको उनको भनाई छ ।
दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताउँदै उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको जनाए ।
राजदुत श्रीवास्तवसँग केहि दिन पहिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमै गरेको भेटवार्ताका क्रममा उक्त विषयमा छलफल गरेका थिए ।