Logo

समाजवादी मोर्चा नेपाल गठनलाई लिएर प्रभु साह फायर, उठाए गम्भीर प्रश्न



काठमाडौं, ५ असार । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साह समाजवादी मोर्चा गठनलाई लिएर असन्तुष्ट बनेका छन् । संसद्को निर्वाचनमा माओवादी नेतृत्वको गठबन्धनसँग सहकार्य गरेका र प्रधानमन्त्री पुष्पकमल दाहालनिकट मानिने नेता साहले समाजवादी मोर्चा गठनलाई लिएर भने असन्तुष्टी व्यक्त गरेका छन् ।

साह जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सुरुदेखि नै रुष्ट छन् । उनले जनयुद्धकालिन मुद्दामा वारेन्ट जारी गर्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोडेको भन्दै प्रचण्डलक्षित आक्रोश व्यक्त गरेका छन् । साहले गौर हत्याकाण्डका अपराधी भनेर उपेन्द्र यादवलाई भनेका हुन् । चुनावको लागि मनोनयन दर्ता गर्ने दिनसम्म उनी एमालेमै थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँग चुनावी तालमेल गर्ने निर्णय लिएपछि भने साहले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । मधेशमा साहले उपेन्द्र यादवविरुद्ध संघर्ष गरिरहेका छन् । उनी मधेशको विकासको बाधक उपेन्द्र यादव नै हो भन्ने निश्कर्षमा छन् । यो कुरा उनले सार्वजनिक रुपमै पनि बोलिरहेका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्