Logo

भाजपा नेता जोलीले भेटे अर्थमन्त्री महतलाई



काठमाडौं, ५ असार । नेपालको निजी तथा धार्मिक भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. विजय जोलीले अर्थमन्त्री एवम् कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका छन् ।

सो क्रममा उनले आफूहरुबीच दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको जनाएका छन् । उनले आफू नेपाल र भारतका जनताबीचको जनस्तरको सम्बन्धलाई अघि बढाउन लागिपरेको बताउँदै आएका छन् ।

अर्थमन्त्री महतसँगको भेटवार्तामा पनि सो विषयमा कुरा भएको उनको भनाई छ । सो अवसरमा उनले अर्थमन्त्री महतलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा लेखिएको पुस्तक पनि उपहार दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्