Logo

प्रतिनिधिसभाको बैठक बस्दै, यी चार मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुने



काठमाडौं, असार ६ । प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयक अन्तरगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने भएको छ। नयाँ बानेश्वरस्थित संघिय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने बैठकमा चार मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुने कार्यसूचि रहेको छ।

संसद सचिवालयका अनुसार आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुनेछ।

यी चार मन्त्रालयका बजेट शिर्षकमाथि सांसदहरु सूर्य प्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेश कुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युत प्रसाद मैनाली, ज्वाला कुमारी साह, प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot