काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले योग दिवस तीन दशकअघि नै मनाउन थालिसकेको दाबी गरेका छन् । उनले योगको सुरुवात नेपालबाटै भएको दाबी गरे ।
९औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज (बुधबार) पार्टी मुख्यालय च्यासलमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने,‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ ग¥यो ? अरूले मनाएको थिएन । हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ । त्यो स्मृति छ हामीसँग, त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम