Logo

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौं,६ असार । मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसनलाई कर छुट दिने लगायतका ८ निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।

मन्त्री शर्माका अनुसार बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार-बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्ने विधेयक सदनमा पेश गर्ने निर्णय पनि गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु



प्रतिक्रिया दिनुहोस्