काठमाडौं,६ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोकेको हिशान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले संघीय सरकारले अनुमति दिइसकेको कार्यलाई स्थानीय सरकारले राक्न नमिल्ने भन्दै रोकिएको शैक्षिक मेला पुनः सुरु गर्ने बाटो खोल्दै अन्तरिम आदेश जारी गरेको हो ।
हिशान शैक्षिक मेलान सुरु भएकै दिन महानगरले मेला राकेपछि उच्च माध्यमिक विद्यालय एशोसियसन (हिसान) अदालत पुगेको थियो ।
आज भएको बहसमा हिसानको पक्षबाट पूर्व महान्यायाधिवक्ताद्धय रमण श्रेष्ठ र रमेश बडाल,तथा वरिष्ठ अधिवक्ताद्धय सुनिल पोखरेल र रमण कर्णले बहस गरेका थिए भने महानगरपालिकाको तर्फबाट ओमप्रकाश अर्यालले बहस गरेका थिए ।