Logo

मन्त्रिपरिषदद्धारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति प्रदान



काठमाडौं,६ असार । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताइन्।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्को बैठकले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ को सातौँ आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृति दिने निर्णयसमेत भएको जानकारी दिइन्। उनका अनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने ‘आठौँ एनआरएनए मिडल इस्ट रिजनल कन्फ्रेन्स’मा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउन स्वीकृति दिने लगायतका ८ वटा निर्णय गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्