Logo

राजसंस्था र हिन्दुराज्य फर्किने आशा जीवितै छ :  राप्रपा सांसद राणा



काठमाडौं,६ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका जेष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा हिन्दूराज्य र राजसंस्था फर्किने आशा अझैसम्म जीवित रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राणाले आफुहरु देशमा उदार प्रजातन्त्रबाट मात्रै विकास सम्भव रहेको निष्कर्षमा पुगेको भन्दै त्यसको लागि राजसंस्या पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरे ।

‘हाम्रा पाँचवटा उद्देश्य छन्। हामी राष्ट्रवादी हौँ। बहुदलीय प्रजातन्त्रप्रति कटिवद्ध छौँ। हामी यो मुलुक उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ’, उनले भने, ‘यो मुलुक हिन्दु राज्य पनि हुनुपर्छ। बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ। आशा जहिले जागृत रहनुपर्छ मान्छे आशा नभएर अगाडि बढ्न सक्दैन। यो आशा हामीसँग जीवित छ।’राणले भने  file photo



प्रतिक्रिया दिनुहोस्