Logo

बालाजु औद्योगिक क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ६६१ जना बिरामीको स्वास्थ्य परिक्षण



काठमाडौं, असार ७ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले बालाजु औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाडौं दुग्ध वितरण आयोजनासँगको सहकार्यमा कलेजले बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ६६१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, १२१ जनाको भिडियो एक्सरे तथा ९ जनाको दाँत खोलिएको छ ।

त्यस्तै शिविरमा स्वास्थ्य जाँच गर्न आएका मध्ये २३ जनालाई ओ।टी। रेफर पनि गरिएको छ । उनीहरुलाई थप उपचारका लागि ओ।टी। रेफर गरिएको हो । शिविरमा बालाजु औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुका कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न स्थानमा लगातार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ । जनतालाई अस्पतालको स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको केएमसीका प्रमुख कार्यकारी अधिकृत डा। के।पी। शर्मा न्यौपानेले बताए ।

केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य सांसद डा। सुनिलकुमार शर्माले ३ वर्ष अगाडी गाउँगाउँमा रहेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्छ भनेर निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्