Logo

रसुवा भन्सार कार्यालयका प्रमुख पाठकको कार्यशैलीलाई लिएर व्यवसायीहरु रुष्ट



काठमाडौं, ७ असार । रसुवागढी–केरुङ नाका दुईतर्फी सञ्चालनमा आएको तीन महिना बितिसक्दापनि सत्नोषजनक व्यापार हुन सकेको छैन् । यसको प्रमुख कारण हो रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक ।

उनी नाकाका प्रमुख बनेर आएपछि नै उनको कार्यशैली राम्रो नभएको चर्चा छ । उनीमाथि कोहीसँग पनि समन्वय नगर्ने र आफ्नो मनोमानी ढंगले चल्ने आरोप लागेको छ । जसको कारण चार अर्बभन्दा बढि राज्यलाई घाटा लागिसकेको व्यापारीहरुको आरोप छ ।

नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत रहेको भन्सार विभाग मातहत रहेको उक्त भन्सार कार्यालयबाट सन्तोषजनक काम नभएको चर्चा यतिवेला सिंहदरबारस्थित् अर्थमन्त्रालयमा समेत हुने गरेको छ ।

पाठकको कार्यशैलीलाई लिएर नेपाली उद्योगी तथा व्यवसायीहरुमात्रै नभएर कर्मचारीहरु पनि खुशी छैनन् । व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि यसबारेमा गुनासो पोखिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्