Logo

क्षारे रोगको समस्याबाट कसरी छुटकारा पाउने ?



सविता सिंह ठकुरी : सामान्य भाषामा नशा भन्नाले हाम्रो शरीरमा रहेका विभिन्न तन्तुलाई बुझाउँछ । त्यसबाहेक रक्तनलीलाई पनि नशा भन्ने गर्दछौं । प्रायजसो हामीले नशालाई स्नायु पनि भन्ने गरेका छौं । हाम्रो शरीरमा उद्गम स्थल भनेकै दिमाग हो । नशा मष्तिस्कबाट शुरू भई गर्धन, ढाँड हुँदै कम्मरको भागसम्म र कम्मरबाट हातखुट्टामा पुग्छन् ।

नशा रोगलाई विशेष गरी तीन भागमा बाड्न सकिन्छ । पहिलो टाउको सम्बन्धी, दोस्रो भागमा घाँटी देखी कम्मरसम्मको भाग र तेस्रो हात र खुट्टाका नशा । रहेका छन् । नशा सम्बन्धी रोगमा पक्षघात, मष्तिस्कघात, प्यारालाइसिस नै सबैभन्दा ठुलो रोग हो । नशा रोग सम्बन्धी थुप्रै रोगहरू रहेका छन् । ब्रेन ट्युमर, क्षारे रोग, ढाँडको नशा च्याप्पिने, हातखुट्टा झमझमाउने जस्ता नशा सम्बन्धी रोग हो ।

क्षारे रोग नशा सम्बन्धी रोग हो । हाम्रो मष्तिस्कमा एउटा तरङ्ग आइरहेको हुन्छ । जसलाई हामी विद्युतिय तरङ्ग भन्न सक्छौं । यस्तो तरङ्ग हाम्रो दिमागमा दिनको चौबिसै घण्टा आइरहेको हुन्छ । जसको कारणले हामी जीवित रहन्छौं । कुनैपनि कारणले गर्दा यदि हाम्रो मष्तिस्कमा आउने तरङ्ग अचानक यसमा घटीबढी आउछ । यस्तो भयो भने बेहोस हुने, हातखुट्टा काप्ने, मुख बाउडिने, मुखबाट ¥याल आउने जस्तो हुने गर्दछ । यस्तो लक्षण क्षारे रोग लाग्यो भने देखिने गर्दछ । यो रोग कुनैपनि उमेरका व्यक्तिलाई हुन सक्छ । तर, यो रोग भर्खरै जन्मेका बच्चा वा चार देखी पाचँ बर्षका बालबालिका र वृद्धबृद्धाहरुलाई हुने गर्दछ । यो रोग दिमागमा केही समस्या नहुँदा पनि देखिने रोग हो ।

यो रोगमा मानिसहरु काप्ने, ढल्ने, मुख बाङ्गो हुने, मुखबाट फिँज आउने देखिन्छ । कतिपय अवस्थामा एक दुईपटक भयो भने फेरी नहुने पनि गर्दछ । हामीहरुलाई यो रोग लागेमा विभिन्न प्रकारका औषधीहरु प्रयोग गरेर ठिक गर्न सकिन्छ । यदी औषधीको प्रयोग पश्चात पछी पनि ठिक भएन भने एमआरआई, इइजी जाँच गरी शल्यक्रिया गर्न सकिन्छ । यो रोग लाग्नुभन्दा पहिले हामीले स्वच्छ पानी पिउनुपर्छ ।

गाउँघरतिर वरपर रहेको पानीको मुहानहरु सफा राख्ने र वरपर कुनै पशुपालन गर्नुहुँदैन । यो रोग लागेको व्यक्तिहरुले खानपानमा विशेष ध्यान दिने, समयमै सुत्ने र उठ्ने नियमित रुपमा औषधी सेवन गर्ने, अल्कोहलको प्रयोग नगर्ने र आफ्नो शरीरलाई हानी पुग्नेगरी कुनै काम गर्नुहुँदैन । यो रोग लागेको थाहा पाउनासाथ चिकित्सक कहाँ गई चेकजाँच गर्न जरुरी हुन्छ ।

Photo Source: https://www.1mg.com



प्रतिक्रिया दिनुहोस्