काठमाडौं, असार ८ । गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनालाइ चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।