Logo

बाथ रोगका लक्षण र यसको उपचार



सविता सिंह ठकुरी : हातखुट्टा जोर्नी दुख्ने, सुन्निने यो कुनैपनि उमेरका मानिसहरुलाई हुन सक्छ । यो रोगले मांसपेशीमा पनि असर पार्ने गरेको छ । आफ्नो शरीरमा जुन इम्युन सिस्टम हुन्छ त्यो सिस्टमले आफ्नै विरुद्धमा काम गर्ने गर्छ । त्यस्तोखालको एन्टिबडि आफ्नो शरीरमा भएपछि स्वचालित रुपमा आफ्नो इम्युन सिस्टमले आफैलाई हानी पु¥याउनेलाई बाथ रोग भनिन्छ । यो रोग एउटा अटो युमिन डिजिज भएको कारणले लाग्ने गर्दछ ।

यो रोग बंशाणुगत रुपलेपनि सर्ने गर्छ । हाम्रो शरीरमा भएको इम्युन सिस्टमले आफैंलाई हानी गर्दै गयो भने यो रोग लाग्ने गर्दछ । बाथ रोग एउटै भएतापनि फरक–फरक किसिमका हुने गर्दछन् । सबैभन्दा बढी देखिने बाथ भनेको ‘रुमटर अर्थाइटिस’ र ‘स्पन्डुला अर्थाइटिस’ हो । बच्चाहरुलाई बढी हुने बाथ भनेको ढाडसम्बन्धि बाथ ‘सेराइटिस अर्थाइटिस’ हो । महिलाहरुलाई बढी हुने बाथ ‘सिस्टमिक ग्लुपस एरितोम्याटस’ र मासुको बाथ रहेको छ । यो बाथ रोग नशाहरुमा पनि लाग्ने गर्छ ।

बाथ रोगका लक्षणहरु

१. हाडजोर्नीहरु दुख्ने र सुन्निने
२. विहानको समयमा उठ्दा अप्ठेरो हुने
३. हातहरु चलाउन र मुठ्ठी पार्न गाहे हुने
४. मांशपेसी दुख्ने, झमझमाउने र पोल्ने
५. घाममा जाँदा अनुहार रातो हुने
६. मुखभित्र बारम्बार घाउ हुने
७. चिसोमा औलाहरुको रङ्ग परिवर्तन हुने
८. नशामा असर पार्ने र खकारमा रगत देखा पर्ने

उपचार

बाथ रोगको उपचार यही हो भनेर भन्ने छैन । बाथ रोगका लागि रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन मिलाउने औषधी दिने गरिन्छ । बाथ रोगका औषधि सामान्य रुपमा भन्नुपर्दा दुइ/तीन थरीका छन् । एउटा खाने औषधी र अर्को सुईबाट चलाउने औषधी हुन्छ । सामान्यतया बाथको औषधि रोगको प्रकृति अनुसार फरक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्