Logo

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो



मनिला, ८ असार ।  फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गरेका छन् ।  यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो ।

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २१.८ प्रतिशत बराबरको बजेटले महामारीको असर र मुद्रास्फीतिको असरलाई सम्बोधन गर्न आर्थिक र सामाजिक रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता झल्काउने बजेट मन्त्री अमेनाह पाङ्गन्डमानले बताएका छन्।

पूर्वाधार परियोजना, मानव पुँजी विकास र दिगो कृषि तथा खाद्य सुरक्षामा लगानी गर्न तयार  रहेको उनले बताएका छन् ।

पाङ्गन्डमानले बजेट घाटालाई जीडीपीको ३ प्रतिशतमा ल्याउने र सन् २०२८ सम्ममा गरिबी दरलाई एकल अङ्कमा घटाउने सरकारको लक्ष्यतर्फको “अपरिहार्य कदम“ भएको  पनि उद्घोष गरेका छन् ।

सरकारले प्रस्तावित बजेट विधेयक बन्नुअघि थप छलफलका लागि कांग्रेसमा पेस गर्ने पनि उनले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot