Logo

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा मलाई शंका छ : प्रदीप यादव (भिडिओसहित)



काठमाडौं, ८ असार । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सिमा क्षेत्रमा नेपाल प्रहरी अथवा सुरक्षा निकायको उपस्थितिबारे प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद यादवले हालै आफूहरुको टोली चीन भ्रमणमा जाँदा हुम्लाको हिल्सा भन्ने ठाउँमा पुगेको स्मरण गराउँदै भने–‘भ्रमणको क्रममा हामी हुम्लाको हिल्सामा पुगेका थियौं, जहाँ नेपाल र चीनको बोर्डर रहेको छ । हामी त्यहाँ जाँदा त्यसमा त्रुटि पनि देखिए । त्यो सरकारको त्रुटि हो कि कसको हो ? म जान्न चाहन्छु । निश्चित रुपमा सरकार सफल, गृहमन्त्री सफल हुनुभयो ताली पाउनुहुन्छ, अनि असफल हुनुभयो भने गाली खानुहुन्छ ।’

उनले चिनियाँ सिमातर्फ सुरक्षाकर्मी रहेपनि नेपालको तर्फ सुरक्षाकर्मी नभएको कुरा उठाए । उनले सिमामा नेपाल प्रहरीको ड्युटी कसरी व्यवस्थापन गरिएको छ भन्दै सरकारको ध्यानाकार्षण गराए । हिमाली जिल्लाका सिमामा खटिएका प्रहरीहरुलाई न्यानो कपडाको व्यवस्था गरिनुपर्नेमा पनि उनको जोड थियो ।

उनले काठमाडौं–तराई द्रुतमार्गको लागत बढिरहेको गुनासो पोखे । उनले अहिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि पर्यटन मन्त्रालयले १२ करोड रकम विनियोजन गरेको भन्दै यति रकमले के हुन्छ ? भन्दै प्रश्न उठाए ।

https://www.facebook.com/ReportersNepal/videos/214256084848509



प्रतिक्रिया दिनुहोस्