Logo

नवौं अन्तर्राष्ट्रीय योग दिवसमा आयोजित कार्यक्रममा सहभागीहरुलाई गुर्जो चियाको सेवा (फोटोफिचर)



काठमाडौं, ८ असार । नवौं अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा पतञ्जली योग समिति काठमाण्डौद्वारा आयोजित बृहत् कार्यक्रममा उपस्थितहरुलाई गुर्जो चियाको सेवा गरिएको छ । नेपाल सरकाद्वारा नेपाल प्रज्ञा प्रतष्ठानमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई गुर्जाे चिया सेवन गराईएको गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जानकारी दिए ।

उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । र, कार्यक्रममा विभिन्न अध्यात्मिक संघसंस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता समेत रहेको थियो । कार्यक्रममा निर्मला चन्द, जगदिश न्यौपानेलगायतले गुर्जो चिया वितरणमा सहयोग गरेका थिए । उक्त कार्यक्रममा भने एक हजार भन्दा बढिको सहभागिता रहेको थियो ।

यस्तै, पतञ्जली योग समिति, काठमाण्डौ कार्यक्रम धनवन्तरी फुटसल, चावहिलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा दुई हजारभन्दा बढिको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्