काठमाडौं, ९ असार । आम जनता पार्टीले बाग्मती प्रदेश कमिटी चयन गरेको छ । आज पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले रमेश थपलियाको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।
सो अवसरमा जनता समाजवादी पार्टी प्रदेश कमिटीका सदस्य निरज गौतमको नेतृत्वमा सयौं जना नेता तथा कार्यकर्ताहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष बद्रि प्रसाद न्यौपाने र आजपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापामगरले स्वागत गरेका थिए । पछिल्लो समय आजपाले देश र जनताको हितकेन्द्रित मुद्दा उठान गरेको छ ।
संसद्मा अध्यक्षसमेत रहेका सांसद प्रभु साहले सरकारका गलत कामकारबाहीको खुलेर आलोचना गरेका छन् । उनले जनताको हितको लागि सरकारले कदम चाल्नुपर्ने सुझाव दिँदै आएका छन् । मधेश प्रदेशमा आजपाप्रतिको क्रेज बढिरहेको छ ।