काठमाडौं, ९ असार । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको चूनौति पेश गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालको आज ब्याटिङ चल्न सकेन । जसको कारण उसले नेदरल्याण्डलाई सामान्य लक्ष्य पेश गरेको हो ।
नेपालको लागि आज सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब थियो । तर, नेपाल ४४.३ ओभरमा अल आउट हुन पुग्यो । नेपालका लागि सर्वाधिक रन जोड्नेमा कप्तान रोहित पौडेल छन् ।
उनले ५५ बलमा ३३ रन जोडेका हुन् । तर, ३३ बल मात्रै खेलेका सन्दिप लामिछानेले भने २७ रन जोड्न सफल भए । आजको खेलमा आसिफ सेख शून्य रनमा आउट भए ।