Logo

उपराष्ट्रपति पद आवश्यक छैन: रास्वपा सांसद झा



काठमाडौं,१० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपति पद आवश्यक नभएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जनताले तिरेको करको दूरुपयोग गरेर उपराष्ट्रपति पदले हालसम्म कुनैपनि सम्झनलायक काम गर्न नसकेको भन्दै उपराष्ट्रपतिको औचित्य माथि प्रश्नसमेत गरेका छन् ।

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपछि आजसम्म ५ हजार ११५ दिन भएको रहेछ। ४ वटा कार्यकाल र तीनवटा अनुहार फेरिए। त्यो हेर्दैगर्दा सम्झनलायक कुरा के छन् तरु ५ हजार ११५ दिनमा यो पदले सम्झिनलायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँरु’, उनले प्रश्न गरे, ‘त्यसैले यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ। त्यसैले हामीले सोच्नुपर्छ। हामी यो पदको परिकल्पना गर्दैनौँ । हामीलाई यो पद आवश्यक छैन। राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ।’

यसअघि आजकै बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तलेसमेत उपराष्ट्रपति पदको औचित्य समाप्त भएको भन्दै खारेज गर्न प्रस्ताव गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot