Logo

गृहमन्त्री श्रेष्ठ चार दिने भ्रमणको लागि मंगलबार चीन जाँदै



काठमाडौं, १० असार । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । यो उनको पहिलो विदेश भ्रमण हुनेछ । गृहमन्त्री श्रेष्ठ यही मंगलबार साँझ चीनको छेन्दु जान लागेका हुन् ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेको बेलामा गृहमन्त्री श्रेष्ठले भने चीन भ्रमण गर्न लागेका हुन् ।

पछिल्लो समय चीनले माओवादी केन्द्रका नेताहरुलाई पनि चीन भ्रमण गराएको थियो । उक्त भ्रमण दलको नेतृत्व भने पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्