Logo

नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस



काठमाडौँ, १० असार । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका छन् ।

राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो ।

विधेयकबारे सम्बन्धित निकायसँगको पटक-पटक छलफलपछि केही संशोधनका सुझाव समिति प्रतिवेदन दिइएको सभापति राईले बताए । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्