Logo

वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं,१० असार । काठमाडौं जिल्ला अदालतले गत जेठ ३२ गते वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यस अघि २ पटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरेको प्रहरीले आज पुनः तेस्रोपटक म्याद थप गरेको हो ।

अनलाइन मार्फत विभिन्न खेलको बारेमा पूर्वानुमान गर्न लगाई मोटो रकम असुल्ने गरेको आरोपमा चर्चित हास्य कलाकारत्रय मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) राजु पौडेल (राजु मास्टर) बेगम नेपाली (भटभटे माइला) लगायत ८ जना कलाकार तथा युट्युबरहरु प्रहरीको हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्