Logo

स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा गरियो स्मृति सभा



काठमाडौं, १० असार । स्वतन्त्र नागरिक समाजमा संस्थापक अध्यक्ष स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा स्मृति सभा गरिएको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समाजले स्वर्गीय सिलवालको सम्झना गरेको हो ।

स्वर्गीय सिलवालले नेपालको उत्थानका लागि भोक, तिर्खा र घरपरिवारसमेत नभनी अहोरात्र खटेको उनको धर्मपत्नी लक्ष्मी सिलवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देशको रक्षाको लागि उनको रत्नपार्कको भोक हड्ताल, विद्वान वर्गबाट साक्षात्कार कार्यक्रम सर्वधर्म, समभाव, सचेत र सक्षम नागरिक समाज, अधिकार सम्पन्न नागरिक एवं स्वदेशमा नै रोजगार लगायतको इच्छा रहेको विज्ञप्तिमा उल्लेख छ ।

राजा सबका साझा हुन र राजाको एक अभिभावकत्वमा मात्र हाम्रो जस्तो भूगोल र सामाजिक महत्वको देशको आवश्यकता भन्ने उनको ठम्याईँ रहेको स्मरण गरिएको छ ।

स्वर्गीय सिलवालको आर्जन र कृतिलाई जीवन्त राख्न आकै दिनदेखि उनको कार्यभार आफूले ग्रहण गरेको लक्ष्मीले उद्घोष गरेकी छन् ।
वरिष्ठ पत्रकार पेम कैदीले स्वर्गीय सिलवालले राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठूलो योदान दिएको उनले स्मरण गरे । अहिले राप्रपा आफैं गाईमारा पार्टी भएको उनले टिप्पणी गरे ।

कार्यक्रममा राजनीति विश्लेषक डा.सुरेन्द्र केसी समाजसेवी विक्रम झा, वरिष्ठ पत्रकार सूर्य नेपाल, शिव अघोरी बाबा, राष्ट्रिय एकता पार्टीका सभापति शरदचन्द्र दाहाल, मितेरी पार्टी नेपालका केन्द्रीय सभापति घनेन्द्र बहादुर बस्नेत, शेखरजंग रायमाझीलगायतले स्वर्गीय सिलवालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले गरेको योदानको स्मरण गरेका थिए । कार्यक्रमको सञ्चालन नन्दु पन्तले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot